Media Network

शुल्क बढाउन खोजेको भन्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन


खबरस्टोरी संवाददाता

१९ श्रावण २०८०,शुक्रबार

काठमाडौँ । इन्जिनियरिङ पढाईको शुल्क बढाउन खोजेको भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । 

उनीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

 क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूले राखेका छन् । संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली प्रदर्शन गरेका छन्।

सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको छ । त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । 

२०७२ सालमा गएको भुम्कपछि थापाथली क्याम्पस स्थानान्तरण गर्ने कुरा भएको थियो । त्यसका लागि कीर्तिपुरस्थित त्रिवि परिसरमा जग्गा समेत उपलब्ध गराइएको छ । तर, लामो समय हुँदा सम्म सरकारले स्थानान्तरणको लागि कुनै पहल गर्न गर्न सकेको छैन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद