Media Network

तीन बुँदे मागसहित अखिल क्रान्तिकारी (पवन समूह) र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन


खबरस्टोरी संवाददाता

२५ असार २०८०,सोमबार

काठमाडौं । अखिल क्रान्तिकारी (पवन कार्की समूह) र समाजवादी विद्यार्थी युनियनले सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

अखिल क्रान्तिकारी (पवन समूह) का प्रवक्ता उपदेश यादवले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

यस्तै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने माग अघि सारेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद