Media Network

त्रिवि सुधारको माग गर्दै अनेरास्ववियुले बुझायो ज्ञापन पत्र


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०८०,सोमबार

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय सुधारका विविध विषयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ । त्रिवि जिल्ला कमिटीले भीसी प्रा. डा. धर्मकान्त बास्कोटासमक्ष ८ बुँदे माग पेश गरेको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय महासचिव नरेश रोकायाको पनि उपस्थिति थियो ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राहीले पाउने सेवाहरूलाई छिटोछरितो बनाउन भौचर प्रणालीको पनि माग गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई विकेन्द्रीकरण गर्दै क्षेत्रीय परीक्षा कार्यालयलबाट नै उपलब्ध हुने व्यवस्थाको पनि अनेरास्ववियुले माग गरेको छ । वार्षिक परीक्षाको नतिजा ६० दिन भित्र र सेमेस्टर प्रणाली तर्फका परीक्षाको नतिजा ६ महिनाभित्र सार्वजनिक गर्न माग गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद