Media Network

त्रिविका क्याम्पस मंसिर १–५ सम्म बन्द हुने


खबरस्टोरी संवाददाता

२७ कार्तिक २०७९,आईतवार

काठमाडौं/ त्रिुभवन विश्वविद्यालयका सबै आङ्गिक क्याम्पस पाँच दिनका लागि बन्द हुने भएका छन्।

मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि मंसिर १ देखि ५ गतेसम्म त्रिविअन्तर्गतका क्याम्पसहरू बन्द हुने भएका हुन्।

त्रिवि रजिष्ट्रारको कार्यालय शुक्रबार सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकोले मंसिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द रहने जनाएको छ।

त्रिविअन्तर्गतका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएकोले बिदा दिने निर्णय गरिएको हो।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद