Media Network

त्रिविका स्ववियु सभापतिको कार्यशैलीप्रति पाँच विद्यार्थी संगठनको आपत्ति


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । वामपन्थी पाँच दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापतिको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी, अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीपराज कपाडी भट्ट, अनेरास्ववियू त्रिवि अध्यक्ष समीर गौतम, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समिति इन्चार्ज रामनरेश यादव र अखिल छैटौँ त्रिवि अध्यक्ष संगम थापाले संयुक्त विज्ञप्ति जारी गरी स्ववियु सभापतिको कार्यशैलीप्रति विरोध जनाएका हुन्। 

उनीहरूले स्ववियूले समग्र विश्वविद्यालयको प्रशासनिक र नीतिगत समस्यालाई उठान गरी समस्या समाधानका लागि काम गर्नुपर्नेमा ठेक्कापट्टा, असुली धन्दा, कर्मचारीको सरुवा बढुवा र आर्थिक चलखेलमा लागेको आरोप लगाएका छन्। यस्ता कार्य नसच्याए स्ववियू सभापतिलाई कारबाही गर्ने चेतावनी उनीहरूले दिएका छन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद