Media Network

त्रिविमा जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा अंग्रेजी पनि पढ्न पाउने


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुनैपनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजीसहित कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकोले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका हुन् ।

अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् । त्यही आधारमा एमए अंग्रेजी अध्ययनका लागि आवेदन दिन विभागीय प्रमुख प्राडा जीवलाल सापकोटाले बताए । यसअघि नेपाली विषयमा समेत यस्तै निर्णय गरिएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद