Media Network

विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालो मोसो


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०८०,मंगलवार

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि विद्यार्थीहरूले कालोमोसो दलेका छन् ।

आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई विद्यार्थीहरूले कालो मोसो दलेर दुव्र्यवहार गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौ समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाई नगरेको उनीहरुको भनाई छ ।

उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले कालो मोसो दलेर चेतावनी दिएको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद