Media Network

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन गर्न शिक्षा मन्त्री राईलाई नेविसंघले बुझायो ज्ञापनपत्र


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग सहित नेपाल विद्यार्थी संघको एक पक्षले शिक्षा मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।नेविसंघको संस्थापनइतरले शिक्षामन्त्री राईलाई भेटेर शिक्षा प्रणालीको सुधार, विश्वविद्यालयहरु भईरहेको राजनीतिकरण ,दलियकरणको अन्त्य गर्नका माग गरेको हुन् ।
विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धावाट मेरिटका आधारमा नियुक्तिको माग सहित ज्ञापनपत्र बुझाईएको छ । प्राज्ञिक क्षमता, दक्षताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको माग राखेर शिक्षामन्त्री राईलाई ज्ञापनपत्र बुझाएका हुन्।
त्रिवि लगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेका अनियमितता नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । उत्पादनसँग जोडिनु भन्दा वेरोजगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा विश्वविद्यालय भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद