Media Network

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु


खबरस्टोरी संवाददाता

२४ पुष २०७९,आईतवार

काठमाडौं।अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को एक कार्यक्रमकाबीच वरिष्ठ चलचित्रकर्मी नीर शाह, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले उद्घाटन गरेका हुन् ।

अर्जुनजंग शाही,गायक बिनोद ढकाल,गायक सुमित खड्का,संचारकर्मी जीपी तिमिल्सिना,कलाकार शिशिर भण्डारी, उद्घोषक सुशील नेपाल, मोडल कविता न्यौपाने लगायत पनि उक्त उद्घाटन कार्यक्रममा पुगेर शुभकामना दिएका थिए । अष्ट्रेलियामा एक दशकदेखि संचालनमा रहेको ‘अर्बिट अष्ट्रेलिया ग्रुप’ र नेपालमा ५ वर्षदेखि संचालनमा रहेको ‘गोविन्द एजुकेशन प्रा.ली’लाई मर्ज गरेर ‘अर्बिट इन्रोलमेन्ट’ संचालनमा ल्याईएको जनाईएको छ । ६ जनाको टिमले ‘अर्बिट इनरोलमेन्ट’ संचालनमा ल्याएको हो । यसको अष्ट्रेलियामा समेत कार्यालय रहेको छ । अष्ट्रेलियामा रोजी पन्त, भानुप्रताप र अमर रसाईली रहेका छन् भने नेपालमा, विज्ञान कंडेल र अजेन्द्र थपलिया संचालकका रुपमा छन् । नेपालमा सम्पूर्ण ब्यबस्थापन जनकदीप पराजुलीले मिलाएका हुन् । 

संस्थाको नेपालतर्फका कार्यकारी निर्देशक समेत रहेका विज्ञान कंडेलले विभिन्न १० देशमा जान चाहने विद्यार्थीका लागि आवश्यक सेवा दिने जानकारी दिए । ‘पहिलो प्रायोरिटीमा अष्ट्रेलियामा कार्यालय रहेको हुनाले अष्ट्रेलियालाई राखेका छौं । त्यसपछि यूएसए, क्यानडा, यूके प्रायोरिटीमा राखेका छौं’ उनले भने, –‘यद्यपि, १० वटा देशकै लागि सेवा प्रवाह गर्छौ ।’ उनले विद्यार्थीहरुलाई परामर्श र सुरक्षित गन्तब्यको बाटो देखाउनु आफूहरुको मुख्य उदेश्य रहेको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद