Media Network

विद्यालयमा डीआई नराख्न काठमाडौँ महानगरको निर्देशन


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।शुक्रबार एक पत्रमार्फत महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न निर्देशन जारी गरेको हो ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद