Media Network

आँचल र विवेकको ‘बर एन्ड बधु’ फागुनमा रिलिज हुँदै


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौँ। मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘बर एन्ड बधु’ १९ फागुनबाट रिलिज हुने भएको छ । रोमानियामा उक्त फिल्मको छायाङ्कन समाप्त गरेर नेपाल फर्किएलगत्तै निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।  फिल्मको बाँकी सुटिङ भने नेपालमा हुने तयारीमा छ ।

प्रेमकथा आधारित निर्माण भएको फिल्ममा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माण पक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । 

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । यस फिल्ममा जानुका थापाको समेत लगानी रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद