Media Network

आफ्नै घरमा मृत भेटिए अभिनेता ताम्राकार


खबरस्टोरी संवाददाता

२२ असार २०८०,शुक्रबार

काठमाडौं । कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । उनी बिहीवार राति काठमाडौंको रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रक्ता एसपी सीताराम रिजालले ३१ वर्षिय ताम्राकारले आत्महत्या गरेको हुनसक्ने बताए । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् ।

उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद