मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अर्को निर्वाचनमा आफु पनि उम्मेदवार बन्ने घोषणा गरे । उनले भने, ‘अबको पाँच वर्षपछि हुने निर्वाचनमा मलाई उम्मेदवारका रुपमा पाउनुहुनेछ ।’
पाँच वर्षपछि राजनीतिमा सक्रिय हुने बताएका उनले यसपटकको चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने बताए ।