Media Network

आज नेपालको खेल साउदीसँग, नजर सेमिफाइनलमा


खबरस्टोरी संवाददाता

११ बैशाख २०८०,सोमबार

काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरबसँग खेल्दा नेपालको नजर सेमिफाइनलमा हुनेछ ।

समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान (माथिल्लो) मा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद