लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्षा २ मा रहँदै क्वालिफायर्स खेल्ने पक्का भएको हो ।
लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो ।
काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन बनाए । उनले ३० बलमा १ चौका सहित २२ रनमा रन आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडे । कमल सिंह ऐरीले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंका लागि ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २–२ विकेट लिए किशोर महतो, विपुल शर्मा, हर्मित सिंहले १–१ विकेट लिए ।
त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।
लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७० रन बनाए। उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाए ।
गुल्सन झाले ११ बलमा २१ रन बनाउँदै अनिल खरेलबाट बोल्ड भए । कुशल भुर्तेल अभिनाश बोहराको बलमा सुनम गौतमबाट क्याच भए । ह्यारी टेक्टरले ८ बलमा १७ रन बनाए । विपुल शर्मा ५ र अनिल शाह १६ रनमा अविजित रहे ।
काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । वसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए ।