Media Network

आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय


खबरस्टोरी संवाददाता

८ असार २०८०,शुक्रबार

काठमाडौँ । नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो । 

उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्म रोक लगाउने गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद