Media Network

अभिनेता कर्माले विदेशी प्रेमिकासँग गरे बिहे, भदौमा बिहेभोज


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौ । अभिनेता कर्मा श्रेष्ठ बिहे बन्धनमा बाधिएका छन ।कर्माले विदेशी प्रेमिका एनी सोफीसँग विवाह गरेका हुन् । 

गत वर्ष नै विवाह गरेको भए पनि यो कुरालाई गुपचुप राखेका कर्माले बिहे भोजको आयोजना गरेका छन् । बिहे भोजको तस्विर पनि सार्वजनिक गरीएको जसमा उनको रिसेप्सन परम्परागत नेवारी भोज भनिएको छ ।  कर्मा र एनीले आफू निकट फिल्मकर्मी, व्यवसायी र साथीभाइलाई रिसेप्सनको निम्तो दिएका छन् । कार्डमा कर्माका पिता महेन्द्र र आमा घनलक्ष्मीले आयोजना गरेको निम्तोमा कर्म वेड्स एनी सोफी लेखिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद