प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निर्माण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।
कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् ।