Media Network

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


खबरस्टोरी संवाददाता

१४ माघ २०७९,शनिबार

काठमाडौं। अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई प्रवेश गराएकी हुन्। 

केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन्। एलिजासँगै  लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्। उनी बैंकर तथा व्यवसायी हुन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद