Media Network

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौं । ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् । यो विषय  चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच अब बाट विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो । उक्त प्रकरणमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मिरुना मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न आफु बाध्य भएको उनले बताए । 

यतिबेला तामाङले मिरुनाले माफी माग्नुपर्ने भन्दै उनीहरुलाई कानुन बमोजिम सजायको माग गरेका छन् । 



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद