शनिबार आफ्नो अफिसियल फेसब्ुकमा स्टाटस लेख्दै लगनगाँठो जोडेको बताएकी छन् । उनले फेसबुकमा सञ्जीवसँगको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘निरुता जी बिहे कहिले गर्ने भन्ने प्रश्नको आज जवाब दिन गइरहेको छु । तपाइँहरुको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री संजीभ गुलाटीसंग लगनगाँठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’