अहिलेसम्म अक्षय कुमार क्यानेडियन नागरिक थिए। उनको नागरिकतालाई लिएर बेलाबेलामा प्रश्न उठ्ने गरेको थियो। हालैको एक अन्तर्वार्तामा उनले भारतीय नागरिकताका लागि आवेदन दिएको बताएका थिए।
आफूले क्यानडाको नागरिकता त्यागिसकेको पनि उनले बताएका थिए। आफ्नो लागि भारत नै सबैथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको सुनाएका थिए। साथै क्यानडेली नागरिकताबारे यथार्थ नबुझी मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि बताएका थिए।
अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु। मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन्।’