Media Network

अमेरिका छिर्न लागेकी गायिका आस्था राउतलाई अध्यागमनले फिर्ता पठायो


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७९,बिहीबार

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

राउतलाई पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँर्दै  अमेरिका प्रवेशमा रोक लगाइएको हो । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको हो  ।

अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद