Media Network

अमेरिकाबाट आयुषले ल्याए ‘माया पनि बसेकै थियो’


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०८०,आईतवार

काठमाडौं।युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन् । यो गीत आयुषको  स्वर, शब्द र संगीतमा रहेको  छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।  

शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । बिजेश र राजनको  सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक मगरको युट्युव च्यानल आयुष मगर मार्फत भिडियो तयार पारिएको हो । 

हाल अमेरिकामा बस्दै आएका गायक मगरले आफ्नो पहिलो म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद