Media Network

अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा ‘सम्झनाका मिठा मिठा पलहरु’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७९,सोमबार

काठमाडौं।अन्जु पन्त र किशोर सिवाकोटीको स्वरमा म्युजिक भिडियो ‘सम्झनाका मिठा मिठा पलहरु’ सार्वजनिक भएको छ । गीतलाई गीतकार सिवाले लेखेका हुन् । गीतमा संगीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ । म्युजिक भिडियोमा बिकास लामिछाने र गरिमा शर्मा देखिएका छन् । 

दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो । गीतको म्युजिक भिडीयोलाई दिपक प्रसाद आचार्यले निर्दशन गरेका हुन् । कोरियोग्राफी भने तेंजु योञ्जनले गरेकी हुन् । भिडियोमा ड्रेस समेत उनीले तयार परेकी हुन् । 

बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर, मनोज जोसीको प्रोड्कसन, बिक्रम गौतमको मेकअप समावेश रहेको छ ।  सिवा ग्रुपको प्रस्तुतिमा चन्द्र मगरले निर्माण गरेको सार्वजनिक गीत संगै संसारभरका बिभिन्न प्लेटफमहरुमा उपलब्ध छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद