Media Network

अस्मिक खवासको गीत डेब्यु 'आँखाले’ सार्वजनिक


खबरस्टोरी संवाददाता

१७ असार २०८०,आईतवार

काठमाडौं।रोमान्टिक भर्सनको ’आँखाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा मिरिक दार्जिलिङ निवासी गायिका अस्मिक खवास र अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामाको स्वर सुन्न सकिन्छ । शिवराज गुरुङको शब्द, संगीत रहेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन् । 

बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन् । शेखर लामा निर्माता रहेको गीतको भिडियोमा  गायक लामा र गायिका खवास फिचर्ड छन् । यसअघि १२ वर्षको उमेरमा गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए भने गायिका खवासको यो डेब्यु गीत हो । उनि द भोइस  किड्स सिजन २ मा सहभागी भएकी थिइन । भिडियो गायक लामाको युट्युव च्यानल ’निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद