Media Network

‘अवतार’ फिल्म हेर्दाहेर्दै एक महिलाको मृत्यु


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौं । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्नेक्रममा एक जनाको मृत्यु भएको छ ।

फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी एक महिला लक्ष्मी रेड्डी श्रीनको हृदयघातका कारण निधन भएको हो ।

उच्च रक्तचापबाट पीडित उनी फिल्म हेरिरहँदा अति उत्साह भएपछि हृदयघात भएको चिकित्सकले बताएका छन् ।उनी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् ।फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो ।सन् २००९ मा पनि ताइवानमा एक ४२ वर्षे व्यक्तिको ‘अवतार’ हेरिरहँदा हृदयघातका कारण निधन भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद