Media Network

बंगलादेशविरुद्धको टी–२० सिरिज जिम्बाब्वेले हात पार्यो


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

काठमाडौं । बंगलादेशविरुद्धको टी–२० सिरिज घरेलु टोली जिम्बाब्वेले जितेको छ ।गएराति अन्तिम खेलमा बंगलादेशलाई १० रनले हराउँदै ३ खेलको सिरिज २–१ ले जितेको हो । १५७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि अफिफ हुसेनले अविजित रहँदै सर्वाधिक ३९ रनको योगदान दिए । जिम्बाब्वेका लागि भिक्टोर न्युउछीले ३, ब्रड इभन्सले २ तथा लुक जोन्ग्वे, विस्ली मधेभरे र सेन विलियम्सले समान एकरएक विकेट हात पारे ।

त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । रायन बर्लले ६ छक्का र दुई चौकासहित ५४ रन बनाए ।

बंगलादेशका लागि मेहदी हसन, हसन महमुदले दुई रदुई तथा मुस्ताफिजुर रहमान, कप्तान मासाद्देक हुसेन, नसुम अहमद र महमुदुल्लाहले एकरएक विकेट लिए ।यसअघि जिम्बाब्वेले १७ रन तथा बंगलादेशले ७ विकेटको जित हात पारेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद