Media Network

बिहीबारबाट थप ६ वटा खेलका प्रतिस्पर्धा सुरु हुँदै


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमडौँ । नवौं राष्ट्रिय खेलकुदमा बिहीबारबाट थप ६ वटा खेलका प्रतिस्पर्धा सुरु हुँदैछ। बिहीबारबाट गल्फ, फुटबल, भलिबल, हक्की, फुलकन्ट्याक्ट कराँते र बुद्धिचाल प्रतियोगिता सुरु हुनेछन्। गल्फ हिमालयन गल्फ कोर्समा सुरु हुनेछ। यसका  प्रतियोगिता तीन दिन चल्नेछ।

त्यस्तै हक्कीका खेलहरु महिलाको प्रतियोगिता गण्डकी बोर्डिङ स्कुलको मैदानमा र पुरुषको ह्याम्जाको गौरीसंकर खेल मैदानमा गर्ने तयारी छ। तर मैदान तयार नभएका कारण बिहीबार पुरुष हक्की सुरु हुनेमा भने शंका छ।

यस्तै, पुरुषको फुटबल प्रतियोगिता पोखरा रंगशालामा बिहीबार सुरु भएर राष्ट्रिय खेलकुद समापनको दिन कात्तिक ३ गतेसम्म चल्नेछ भने महिला प्रतियोगिता स्याङजाको वालिङस्थित पिएन क्याम्पसको मैदानमा सुरु हुनेछ।

महिला फुटबलको फाइनल भने कात्तिक २ गते पोखरा रंगशालामा हुनेछ। यसैगरी महिला भलिबल म्याग्दीको म्याग्दी खेल मैदानमा हुनेछ। महिला भलिबल कात्तिक २ गतेसम्म चल्नेछ। पुरुष भलिबल प्रतियोगिता भने राष्ट्रिय खेलकुदको शुक्रबार उद्घाटन हुने दिन पोखरा रंगशालामा सुरु हुनेछ। पुरुष भलिबलको स्वर्ण पदकका छिनोफानो कात्तिक ३ गते हुनेछ।  पोखराको प्रदर्शनी हलमा बिहीबारबाट फुलकन्ट्याक्ट कराते  र गोर्खामा बुद्धिचाल  प्रतियोगिता  सुरु हुनेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद