Media Network

भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटना


खबरस्टोरी संवाददाता

१५ पुष २०७९,शुक्रबार

काठमाडौं । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन्।

रूढकी जाँदै गर्दा त्यहाँको गुरुकुल नारसन क्षेत्रमा पन्तको कार दुर्घना भएको हो।पन्त सवार कार डिभाइडरमा ठोक्किएको बताइएको छ। डिभाइडरसँग ठोक्किएपछि उनको कारमा आगो लागेको थियो।

चिकित्सकहरूका अनुसार पन्तको गोडामा गम्भीर चोट लागेको र प्लास्टिक सर्जरी गरिनेछ। उनको शरीरको विभिन्न भागमा चोट लागेको चिकित्सकहरूले बताएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद