Media Network

भिसा रद्दबारे समीक्षाको प्रतिक्रिया–‘मेरो प्रगती देखेर,फेरि मलाई फसाउन खोजियो’


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौ । अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरेको खबर सार्वजनिक भएसँगै यसलाई आम मानिसहरुले विभिन्न कोणबाट हेरिरहेका छन् । कतिपयले समीक्षाले गल्ती गरेको भन्दै चर्को आलोचना पनि गरिरहेका छन् ।

विशेषगरि, समीक्षाले आफ्नी दिदीलाई अष्ट्रेलियामा नै छाडेर अर्को एक जना व्यक्तिलाई फेरि अष्ट्रेलियामा केयर टेकरको रुपमा लैजान लागेकाले भिसा रद्द भएको खबर सार्वजनिक भएको थियो । तर, गायिका अधिकारीले भने आफूले अहिले कोही पनि व्यक्तिलाई केयर टेकरको रुपमा लैजान नलागेको बताएकी छिन् । मेरो फिल्मसँग कुरा गर्दै उनले भनिन्–‘१८ बर्ष भन्दा तलको व्यक्तिले केयर टेकरको रुपमा कसैलाई लैजान मिल्छ । मैले, गतबर्ष फागू पूर्णिमाको कार्यक्रममा दिदीलाई केयर टेकरको रुपमा लगेकी थिएँ । तर, दिदीले अष्ट्रेलिया मन पर्यो भनेपछि उहाँको विद्यार्थी भिसामा आवेदन दिएका थियौं । अष्ट्रेलिया सरकारले विद्यार्थी भिसा स्विकृत गरेपछि दिदी अष्ट्रेलिया बस्न थाल्नु भएको हो । अष्ट्रेलियाको सरकारले नै दिदीलाई बस्न अनुमति दिएकाले मैले छाडेर आएको कुरा नै हुँदैन ।’ उनले यसपटक, आफूले कसैलाई पनि केयर टेकरको रुपमा लैजान नखोजेको बताएकी छिन् ।

उनले भनिन्–‘मैले प्रगती गरेको देखेर, मेरो काम देखेर फेरि पनि मलाई फसाउन खोजेका छन् । तर, अब म कानुनी रुपमा अगाडि बढ्दैछौं । म साइबर ब्यूरोमा उजुरी दिने तयारीमा छु ।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद