Media Network

भदौ १४ मा ‘गणपति’


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०८०,बुधबार

काठमाडौं।चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनीक गरिएको हो । 

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ । लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् । चलचित्रमा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु,कालु रानालगायतले अभिनय गरेका छन् । बिज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन् । अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो । 

‘गणपति’ अत्यन्तै राम्रो भएकाले आफू यो चलचित्रमा जोडिएको प्रस्तुतकर्ता रामप्रसाद रिजालले जानकारी दिएका छन् । ‘म निरन्तर फिल्म निर्माणमा छु । सरर ‘गणपति’ हेरें, मन छोयो । त्यसकारण अघि बढें’, यसअघि ‘वान डे’, ‘कसम’,‘धुँवा यो नशा’,‘कायरा’ र ‘डिसेम्बर फल्स’ निर्माण गरिसकेका रामप्रसाद भन्छन्,‘‘गणपति’ ले दर्शकमाझ एउटा नौलो आयाम प्रस्तुत गर्नेमा म बिश्वस्त छु ।’ भगवान र मान्छेबीचको अन्तरसम्बन्ध र अन्तरको कथा भन्ने चलचित्रको फस्र्टलुकले दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ । 

‘बुलबुल’ र ‘झिंगेदाउ’ को सफलतापछि आफ्नो तेश्रो चलचित्र स्वरुप ‘गणपति’ दर्शकमाझ आउन लागेकोमा अभिनेता मुकुन निकै उत्साहीत छन् । उनले ‘गणपति’ आफ्नो लागि बिशेष भएको बताउदै आएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद