फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।
फिनालेमा सबै आठजना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए । फिनालेमा सुरजसिंह ठकुरीले हिमालय रोडिजको नयाँ सिजन आउन लागेको जानकारी गराएका थिए ।