Media Network

भूवन केसीले राजीनामा दिनुपर्छः अभिनेता खड्का


खबरस्टोरी संवाददाता

१ आश्विन २०७९,शनिबार

काठमाडौ । असोज ७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले नायक भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

 कार्तिक १ गतेबाट चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ । हुनत, यो प्रावधान भुवन केसीको पालामा आएको होइन । यस्तो प्रावधान धेरै अगाडिदेखि नै लागू हुँदै आएको छ ।

 तर, प्रदीपले भने यो फिल्म ‘प्रेमगीत ३’लाई लक्षित गरेर ल्याइएको भन्दै राजिनामा दिन माग गरेका हुन् ।

उनले भने–‘मैले स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भनेको हुँ ।’ प्रदीपले केही समय अगाडि ‘प्रेमगीत ३’लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दात्त मात्र भएको तर्क गरे । उनले अगाडि भने–‘मैले प्रकाशको बेलामा कसैसँग पनि प्रतिस्पर्धा छैन भनेको थिएँ । खुट्टा कहाँसम्म तान्ने, आफ्नो हातले भ्याउँदासम्म हो । टुप्पोमा चढिसकेपछि कहाँ गएर तान्ने ?’

उनले, आफू अझै पनि १०–२० बर्ष यही क्षेत्रमा रहने भन्दै भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न गरे । उनले अगाडि भने–‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र ? राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र ? उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’



Share:
Reaction :
ताजा समाचार
खेलकुद