Media Network

बलिउडका विशाल देसाईको निर्देशनमा सायरा चलचित्र बन्ने


खबरस्टोरी संवाददाता

२८ भाद्र २०७९,मंगलवार

काठमाडौँ। बलिउडका विशाल देसाईको निर्देशनमा सायरा चलचित्र बन्ने भएको छ । काठमाडौँमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो।

सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी रहेको छ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ।

पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद