Media Network

बराबरीमा रोकियो बायर्न तर दुई अंकको अग्रता कायमै


खबरस्टोरी संवाददाता

३ बैशाख २०८०,आईतवार

म्यनिख । बायर्न म्युनिख आफ्नो घरेलु मैदानमा होफेनहाइमसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीमा बाबजुद बायर्न बुन्डेस लिगाको शीर्ष स्थानमा २ अंकको अग्रता कायम राखेको छ । लिगमा अब ६ खेलमात्र बाँकी रहेको छ ।

मंगलबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि आफ्नै सहकर्मी लिरोय सानेमाथि हातपात गरेपछि निलम्बनमा रहेका साडियो माने बिना नै बायर्न मैदानमा उत्रेको थियो । बायर्नले खेलको १७ औँ मिनेटमा बेन्जामिन पाभार्डको गोलमा अग्रता लिएको थियो । 

दोस्रो हाफको सुरुवातमा नै होफेनहाइमले दुईवटा गोलको अवसर गुमाएको थियो । तर, ७१ औँ मिनेटमा आन्द्रेज क्रामारिचले फ्रिककमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । लगत्तै पाभार्डले गोल गरे पनि उक्त गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो । 

बायर्नको ५९ अंक रहेको छ । शनिबार नै भीएफबी स्टुटगार्टसँग ३–३ को बराबरी खेलेको बोरुसिया डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद