Media Network

ब्राजिल विश्वकप फुटवलको अन्तिम १६ प्रवेश


खबरस्टोरी संवाददाता

१३ मंसिर २०७९,मंगलवार

काठमाडौं । क्यासिमिरोको निर्णायक गोलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टेडियम नाइन सेभन फोरमा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

सुरुआतदेखिनै स्विजरल्यान्डमाथि दवाव सृजना गरेको ब्राजिलले गोल गर्ने अवसर पाएपनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेको थिएन ।खेलको ६६औं मिनेटमा भिनिसियस जुनियरको गोलले मान्यता नपाउँदा ब्राजिल अग्रता लिन चुकेको थियो ।

क्यासिमिरोले ८३औं मिनेटमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए ।यसअघि विश्वकपमा ब्राजिल र स्विट्जरल्यान्ड दुर्य पटक आमने सामने भएका थिए । जहाँ सन् १९५० को खेल २–२ गोलको बराबरी भएको थियो । भने, २०१८ मा १–१ को बराबरीमा सकिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद