Media Network

बर्नलीलाई हराउदै लिभरपुल शिर्ष स्थानमा उक्लियो


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २(० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए ।१९ खेलमा ४२ अंक रहेको लिभरपुल यो जितपछि लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । यद्यपी एक खेल कम खेलेको आर्सनल १८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी बर्नलीको भने यस सिजनमा यो १४औं हार हो । १९ खेलमा ११ अंक रहेको बर्नली लिगमा १९औं स्थानमा रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद