Media Network

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो


खबरस्टोरी संवाददाता

१० कार्तिक २०७९,बिहीबार

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ । 

बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक–एक गोल गरे । 

जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश ग¥यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद