Media Network

बार्सिलोना पहिलो खेलमै रायो भालेकानोसँग रोकियो


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो ।

१० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाए पनि अग्रपंक्तिमा भने चुस्त देखिएन ।भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपपनि गोल भने हुन सकेन ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । यद्यपि, गोलबिहिन रहे । 

खेलको इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद