Media Network

बार्सिलोनालाई पराजित गर्दै जिरोना शीर्ष स्थानमा


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

स्पेनिस ला लिगा अन्तर्गत जिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।आइतबार राति सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४(२ गोल अन्तरले पराजित गरेको हो ।

जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए ।बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए ।१२ औं मिनेटमा आर्टेमले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो ।४० औं मिनेटमा जिरोनाले फेरि अग्रता बनायो । उसका गुटरेजले गोल गरेका थिए ।

८० औ मिनेटमा भलेरी फेर्नानडेजले गोल गरेपछि जिरोना ३/१ ले अघि बढेको थियो ।दोस्रो हफको अतिरिक्त दोस्रो मिनेटमा गुनडोगानले गोल गरेपछि बार्सिलोनाले अन्तर ३/२ मा ल्याएको थियो ।अतिरिक्त ५ औं मिनेटमा स्टुआनीले गोल गरेपछि जिरोना ४(२ को शानदार जित निकाल्न सफल भयो ।जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद