Media Network

बुधबारदेखि थ्री नेसन्स कप फुटबल हुने, प्रथम हुनेलाई ५ हजार डलर पुरस्कार


खबरस्टोरी संवाददाता

७ चैत्र २०७९,मंगलवार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि ‘प्राइम मिनिस्टर थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ । चैत सम्म चल्ने फुटबल प्रतियोगितामा नेपाल, भुटान र लावसबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

 दशरश रंगशालामा सिङ्गल राउन्ड रोविन आधारमा हुने प्रतियोगिताका लागि सहभागी हुन भुटान र लावसका टोली नेपाल आइसकेका छन् । 

प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ रु ५०० र भीआइपी पारापिटतर्फ रु १००० टिकट दर तोकेको छ । खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने जनाइएको छ ।

प्रतियोगिताको प्रथम हुने राष्ट्रलाई ५,००० अमेरिकी डलर, द्वितीय पुरस्कार ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गर्ने तय भएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रतियोगिताको अनुमानित बजेट एक करोड सतहत्तर लाख अठसट्ठी हजार चार सय असी रुपैयाँ रहेको पनि प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद