Media Network

बाध्यताको भुमरीमा रुमलिएका अशंख्य नेपालीको कथामा युरोपको कथा


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७९,मंगलवार

काठमाडौं।सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे.बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत “युरोपको कथा“ बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए ।

भर्खरै सार्बजनिक गरिएको गीतमा जे.बि ले बाध्यता र विवसता बाट परदेशिएका अशंख्य नेपालीहरुको जिबन कथालाई समाबेस गरेका छन् । गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जिबन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बि पनि ति त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ ।

जे.बि ओलीको लय शब्द र सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियोलाई महेन्द्र गौतम स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले थप जीवन्तता दिएको छ । सार्बजनिक गरिएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया पाउन सफल “युरोपको कथा“ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुने भने छायांकन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई जे.बि ओली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद