विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुब बिस्कोको संगीत रहेको छ भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सिगं र मास्टरिगं रहेको छ । प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ । राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिगं मिन विश्वकर्माले गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।