Media Network

चेल्सी वल्भ्ससँग २–१ ले पराजित


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौं । प्रिमियर लिगमा चेल्सीको खराब प्रदर्शन जारी रहँदा आइतबार वल्भ्ससँग २–१ ले पराजित भएको छ ।वल्भ्सले आफ्न मैदानमा भएको खेलमा ५१औं मिनेटमा मारियो लेमिनाको गोलबाट अग्रता लिएको थियो । इन्जुरी टाइमको तेस्रो मिनेटमा म्याट डोहोर्टीले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे ।

चेल्सीका वैकल्पिक खेलाडी क्रिस्टोफर एनकुन्नुकले इन्जुरी टाइमको छैटौं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त हुन सकेन ।
चेल्सीले सन् २००० यता लिगमा अवे मैदानमा लगातार चार खेल हारेको पहिलो पटक हो ।
वल्भ्ससँग पराजित भएपछि चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले निराश भएको र चेल्सीले योभन्दा राम्रो गर्न सक्ने बताए ।
यस सिजन आठौं हारपछि चेल्सी १८ खेलबाट २२ अंकसहित दशौँ स्थानमै छ । वल्भसको पनि समान २२ अंक नै छ । तर गोल अन्तरमा चेल्सीभन्दा पछि रहँदै ११औं स्थानमा छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद