Media Network

चेल्सीमाथि रियल मड्रिडको जित


खबरस्टोरी संवाददाता

३० चैत्र २०७९,बिहीबार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गर्दा चेल्सीका बेन चिलवेलले रातो कार्ड पाएका थिए ।

खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा समेटियो । त्यसपछि असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे ।

अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद