Media Network

च्याम्पियन्स लिग सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने


खबरस्टोरी संवाददाता

७ बैशाख २०८०,बिहीबार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् ।

इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि सेमिफाइनलमा मिलान डर्बी हुने भएको हो ।

यसअघि एसी मिलानले नापोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इन्टरले दोस्रो लेगमा वेनफिकासँग ३–३ को बराबरी खेलेको थियो । तर अवे मैदानमा पहिलो लेगमा वेनफिकालाई २–० ले पराजित गरेको इन्टर समग्रमा ५–३ ले विजयी भएको हो ।

रोमाञ्चक खेलमा इन्टरले दुई पटक अग्रता लिएको थियो तर वेनफिकाले खेल बराबरी ग¥यो । निकोलो बरेलाले १४औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर फ्रेड्रेरिक असनसनेले ३८औं मिनेटमा वेनफिकाका लागि बराबरी गोल गरे ।

त्यसपछि लाउटारो मार्टिनजले ६५औं र जाओक्विन कोरेअले ७८औं मिनेटमा गोल गर्दा इन्टरले ३–१ को अग्रता बनायो । तर एन्टोनिओ शिल्भाले ८६औं र पिटर मुसाले इन्जुरी टाइममा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो ।

अब सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ९र १० मा हुनेछन् भने दोस्रो लेगका खेल मे १६ र मे १७ मा हुनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद