Media Network

‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने


खबरस्टोरी संवाददाता

८ पुष २०७९,शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ । शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको हो ।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो अब आगामी १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।

एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पु¥याउने जनाएको थियो । यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो ।

आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार (पुस सात गते) टोली दर्ता मिति अन्तिम थियो । अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद