Media Network

एक खेलअघि नै नेपाल विजयी, १६ रनले केन्या पराजित


खबरस्टोरी संवाददाता

१८ भाद्र २०७९,शनिबार

काठमाडौँ । नेपालले एक खेल खेल्न बाँकी हुँदा नै केन्याविरुद्धको सिरिज जितेको छ । एक दिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले केन्यालाई १६ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभर खेल्दै अलआउट भएको थियो । केन्याले राखेप पटेलको ८४ रनको योगदानमा २१४ रन बनाउन सकेको हो ।रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले ४९.२ ओभर खेल्दै २३० रन बनाएर अलआउट भएको थियो ।

नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ७८ रन बनाए । यसैगरी देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए ।बलिङतर्फ नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिए । यस्तै, करण केसी, पावन सराफ र मोहम्मद आदिल अलामले समान १–१ विकेट लिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद