Media Network

एकदिवसीय श्रृङखला अन्तर्गत यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ ।तीन खेलको श्रृखलामा पहिलो खेल ८४ रनले पाहुना टोलीलाई सुम्पिएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत निकाल्दै श्रृखला एक एकको बराबरी गरेको थियो ।

आजको खेलमा जीत निकाल्ने टीमले श्रृखलाको उपाधी जित्नेछन् । नामिवियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप २ को तयारीको लागि आयोजना खेलमा नेपालले सोचेअनुसारको प्रदर्शन गर्न सकेको छैन ।

पहिलो खेलमा व्याटिङ नचलेको नेपालले दोस्रो खेलमा पनि त्यही समस्या भोगेको थियो ।  उक्त खेलमा शीर्ष  ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा तल्लो  तहको ब्याटर आयुष  शेख र गुलशन झाले अर्धशतकीय साझेदारी  गर्दै नेपाललाई जित तर्फ डो¥याएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद